+
+

जब अनमोल केसी जेलबाट छुट्छन् , ‘छड्के २’को सुटिङ अंश बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १०:३४

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ छायांकनको एक महत्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको छ । छायांकन हेर्न पुगेका सर्वसाधारणले पोस्ट गरेको उक्त भिडियोमा अनमोल जेलबाट रिहा हुँदै गर्दा उनका साथीहरुले स्वागत गरेको देख्न सकिन्छ ।

भिडियोमा उनको ग्याङस्टर लुक्स पनि स्पष्ट देखिन्छ । लगभग यस्तै दृश्य र शैलीको ‘छक्कापञ्जा ४’को सुटिङ भिडियो पनि टिकटकमा केही साताअघि लिक्ड भएको थियो ।

यतिबेला चितवनको भरतपुरमा छड्केको दोस्रो श्रृंखलाको छायांकन भइरहेको छ । फिल्ममा उनले ग्याङस्टर चरित्र निर्वाह गरेका छन् । चितवन र मनाङमा छायांकन हुने फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरिरहेका छन् ।

@kinjalbhandari915 #CapCut ♬ original sound – kinjalbhandari915

निर्माताले केही दिनअघि अनमोलको ‘छड्के २’ लुक्स सार्वजनिक गरेका थिए, जहाँ उनी योङ्ग्री योङ म्यानको अवतारमा प्रस्तुत छन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठले निर्माण गरेको यो फिल्मको लागत ४ करोड रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?