+
+

बालेनको कारबाही लहर अरु सहरतिर पनि फैलिँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते २०:०७

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले सुरु गरेको अनधिकृत संरचना हटाउने अभियानको देशव्यापी प्रभाव पर्न थालेको छ ।

काठमाडौंका सार्वजनिक क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचना तथा महानगरद्वारा तोकिएको मापदण्डविपरीतका निजी निर्माणहरूमा एक्स्काभेटर कारबाही थालेसँगै यसको देशव्यापी सकारात्मक असर देखिन थालेको हो ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर ३५ दिनभित्र अरनिको राजमार्ग र त्यस वरपरका अनधिकृत संरचनाहरु हटाउन भनेको छ ।

मध्यपुर थिमि नगरपालिकाले जारी गरेको सूचनामा नगर क्षेत्रमा पर्ने अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरु, भित्री सडकहरुमा मापदण्ड विपरीत निर्माण भएका र अतिक्रमण भएका संरचना ३५ दिनभित्र नहटाए कानुनी कारबाही थाल्ने उल्लेख छ ।

पोखरा महानगरपालिकाले पनि दोस्रोपल्ट सूचना निकालेर अनधिकृत संरचना हटाउन सूचना निकालेको छ । पोखराले यसअघि पनि अनधिकृत संरचना हटाउन भने पनि सम्बन्धितले अटेर गर्दै आएका थिए ।

काठमाडौं महानगरमा बालेनले सपिङ मललगायतले नक्सा विपरीत बनाएका अनधिकृत संरचना हटाउन सुरु गरेपछि पोखराले दोस्रो पटक सूचना जारी गरेको हो ।

सडक छेउमा अनधिकृत निर्मित संरचना हटाउन धनगढी उपमहानगरपालिका कार्यालयले निर्देशन दिइसकेको छ । यसअघि हेटौंडा उपमहानगरपालिका कार्यालयले पनि अनधिकृत निर्माण गरेका संरचना खाली गर्न सूचना निकालिसकेको छ ।

कतिपय नेताहरुले बालेनले निजी सम्पत्तिमा जबर्जस्ती गरेको भन्दै आपत्ति र चुनौती दिन थालेका भए पनि आम रुपमा यसले प्रभावकारी असर पारेको देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?