+
+
Shares

व्रत

शान्तिदीप रायमाझी शान्तिदीप रायमाझी
२०७९ भदौ १४ गते ११:४७

व्रत बस्ने

उनी

अर्थात्

आमा, बहिनी, श्रीमती र छोरी

पेट भर्ने

हामी

अर्थात्

बा, भाइ, म र छोरो

उनी खाना नखाने

पानी नि नपिउने

यसै यसै जिउने

हाम्रो लागि

हाम्रो

राम्रो लागि ।

भर चाहिने

वर चाहिने

वरदान चाहिने

उनीलाई मात्र ?

पीर नभएका

डर नभएका

चाहना, आकांक्षा, त्याग, अर्पण, समर्पण

केही नभएका

हामी पात्र !

उनी हामी सोच्छन्

हाम्रो प्राप्ति, सुख शान्ति र लामो उमेर माग्छन्

खानाबिना

पानीबिना

तर हामी भने ?

यता हामी गुणी छैनौं

उनी सोच्दैनौं

टन्न खान्छौं

मस्त डकार्छौं

अनि उल्टै

भने झैं नभए यसै हकार्छौं

त्यसै झपार्छौ

मान खोज्छौं

शान झार्छौं

अभिमान देखाउछौं

ठान्छौं

उनी हाम्रो लागि बाँचेका छन्

हाँसेका छन्

ती गाएका छन्

यी नाचेका छन्

हाम्लाई हृदयमा साँचेका छन्

हाम्रै लागि ।

भोक लुकाउने

ज्यान सुकाउने उनी

पेट फुकाउने

ज्यान जोगाउने हामी

अनि

यसै गफ लडाउने

नाक ठडाउने

र  भन्दै गर्ने

गाउनुपर्छ

तीज गीत

बस्नुपर्छ व्रत

जोगाउनुपर्छ ती

हाम्रो संस्कार

हाम्रो संस्कृति

हाम्रै लागि

सिर्फ हामी र हाम्रो

राम्रो लागि ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?