+
+

विराटनगरमा भेट्रान फुटबल खेल्दै पूर्वकप्तान सागर थापा

हरि अधिकारी हरि अधिकारी
२०७९ भदौ १४ गते १३:४७

१४ भदौ, विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापाले विराटनगरमा भेट्रान फुटबल खेलेका छन् । विराटनगरको शहीद मैदानमा हाल रात्रीकालीन भेट्रान फुटबल प्रतियोगिता भइरहेको छ ।

सोमबार राति भएको खेलमा आयोजक विराट मेगा भेट्रान क्लबलाई हाटखोला भेट्रान फुटबल क्लबले १०–० ले पराजित गर्दा थापाले २ गोल गरे । थापाको कप्तानीमा मैदान उत्रिएको हाटखोलाका लागि राजकुमार घिसिङले ह्याट्रिक गरेका थिए । जितसँगै थापा नेतृत्वको हाटखोला भेट्रान क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

खेल मिलोमतो (म्याच फिक्सिङ) प्रकरणपछि थापा पहिलोपटक विराटनगरस्थित शहीद मैदानमा फुटबल खेल्न उत्रिएका हुन् ।

थापाले फुटबल करियरको सुरुवात विराटनगरको मोतीराम क्लबबाट गरेका थिए । हाटखोला भेट्रान क्लब उनका लागि घरेलु टोली सरह हो ।

म्याच फिक्सिङको आरोप लागेपछि राष्ट्रिय टोलीबाट बाहिरिए पनि उनले फुटबल छाडेका छैनन् । २०७२ सालमा खेल मिलोमतो आरोप लागेपछि उनीमाथि फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्ध लगाएको थियो । उनीमाथिको प्रतिबन्ध कायमै छ । उनले अखिल नेपाल फुटबल संघ एन्फाद्वारा सञ्चालित फुटबल प्रतियोगितामा उनले सहभागिता जनाउन पाउँदैनन् ।

थापा लगायत अन्य ६ जना खेलाडीलाई खेल मिलोमतो प्रकरणमा २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो । सो क्रममा उनीहरुलाई २०७५ जेठमा विषेश अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको थियो । यद्यपि फिफा र एन्फाले लगाएको प्रतिबन्ध भने हटेको छैन ।

विशेषको सो फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिरमा सर्वाेच्च अदालत पुगेको थियो । २०७७ असार २ गते सर्वोच्च अदालतले उनीहरुलाई सफाइ दिएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?