+
+

लियोनार्दो डिकाप्रियो र प्रेमिका क्यामिलाले टुंग्याए चार वर्ष लामो ‘रोमान्स’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते ११:५५

काठमाडौं । अन्ततः ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो र प्रेमिका क्यामिला मोर्रोनीबीचको रोमान्स टुंगिएको छ । हलिउड सञ्चारमाध्यमका अनुसार ४७ वर्षीय अभिनेता र २५ वर्षीया मोडलले चार वर्ष लामो आफूहरुबीचको सम्बन्धलाई अन्त्य गरेका हुन् ।

सन् २०१७ को डिसेम्बरमा लियोनार्दो क्यामिलाको लस एन्जलसस्थित घरमा पहिलोपटक देखिएका थिए । सोही बिन्दुबाट यी दुईबीच सम्बन्धको सुरुवात भएको ठानिएको छ ।

सोही महिना लियोनार्दोकी लामो समयकी साथी टोबी म्यागिअर र उनका सन्तानसँग क्यामिला र लियोनार्दो बिदा मनाउने क्रममा देखिएका थिए । प्रेममा रहे पनि यी दुईले आफ्नो सम्बन्धलाई लो–प्रोफाइलमा राखेका थिए ।

गत वर्ष आफूहरु एकअर्कालाई मनपर्ने र परिवारले रुचाएको जानकारी उनीहरुले गराएका थिए । डिसेम्बर २०१९ मा क्यामिलालाई उनीहरु दुईबीच रहेको उमेरको अन्तरबारे सोधिएको थियो ।

प्रश्नमा क्यामिलाले हलिउडसहित संसारभर धेरै उमेर अन्तर भएका व्यक्तिबीच प्रेम सम्बन्ध रहेको र रुचि हुने मान्छेसँग डेट जाउन पाउनुपर्ने जवाफ दिएकी थिइन् । सन् २०२० को ओस्कार अवार्ड समारोह रेडकार्पेटमा पनि यी दुई स्टार अलग-अलग पुगेका थिए, तर सँगै बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?