+
+

भारत एसिया कपको सुपर फोरमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते ८:२०

१६ भदौ, काठमाडौं । सूर्यकुमार यादवको शानदार ब्याटिङ प्रदर्शनमा भारत यूएईमा भइरहेको एसिया कप क्रिकेटमा लगातार दोस्रो खेल जित्दै सुपर फोरमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा भारतले हङकङलाई ४० रनले हरायो ।

यसअघि पाकिस्तानलाई ५ विकेटले पराजित गरेको भारत लगातार दुई खेल जित्दै ४ अंक जोडेर सुफर फोरमा पुगेको छ । समूह बी बाट अफगानिस्तान दुई खेल जितेर यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।

दुबई क्रिकेट मैदान हङकङले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको जिम्तो पाएको भारतले सूर्यकुमार र विराट कोहलीको अर्धशतकमा २ विकेट गुमाएर १९२ रन बनाएको थियो । यो जोडीले अन्तिम सात ओभरमा अविजिति ९८ रनको साझेदारी गरे ।

सूर्यकुमारले २६ बल खेल्दै ६ चौका र ६ छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । विराटले ४४ बल खेल्दै अविजित ५९ रन बनाउने क्रममा १ चौका र ३ छक्का प्रहार गरे ।

त्यसअघि पहिलो विकेटका लागि कप्तान रोहित शर्मा र केएल राहुलले ३८ रनको साझेदारी गरे । दोस्रो विकेटका लागि राहुल र विराटले ५६ रनको साझेदारी गरे । राहुलले ३६ र रोहितले २१ रन बनाए । हङकङका आयुश शुक्ला र मोहम्मद ईजनपरले समान एक विकेट लिए ।

जवाफमा १९३ रनको लक्ष्य पछ्याएको हङकङले टेष्ट राष्ट्र भारतविरुद्ध ५ विकेट गुमाएर १५२ रन बनायो । हङकङका बाबर हायातले ३५ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा सर्वाधिक ४१ र किन्चित शाहले २८ बलमा ३० रन बनाए ।

जिशन अलिले अविजित २६ रन बनाउदा स्कट म्याककेन्ही १६ बलमा अविजित रहे ।

भारतका लागि भुवनेश्वर कुमार, आभेश खान, रविन्द्र जडेजा र अर्शदिप सिंहले एक/उक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?