+
+

बंगलादेशलाई हराउँदै श्रीलंका एसिया कपको सुपर-४ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते ७:५४

काठमाडौं । श्रीलंका एसिया कप क्रिकेटको सुपर-४ मा प्रवेश गरेको छ । युएईमा भइरहेको प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको समूह ‘बी’ को अन्तिम खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर-४ मा पुगेको हो ।

समूह ‘बी’ बाट यसअघि नै अफगानिस्तान लगातार दुई खेल जित्दै सुपर-४ मा पुगिसकेको छ ।

बंगलादेशलाई हराएको श्रीलंका समहू उपविजेता बन्यो । दुवै खेल हारेको बंगलादेश भने समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’ बाट भारत सुपर-४ मा पुगेको छ ।

दुबई क्रिकेट मैदानमा बंगलादेशले दिएको १८४ रनको लक्ष्य श्रीलंकाले १९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाका लागि कुशल मेन्डीसले सर्वाधिक ६० रन बनाए । कप्तान दसुन सनाकाले ४५ रन जोडे । यसै खेलबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका असिथा फर्नान्डोले ३ बलमा अविजित १० रन बनाए ।

बंगलादेशका एबाडोट होसेनले ३ तथा तक्सिन अहमेदले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । बंगलादेशका लागि आफिफ होसेनले ३९, मेहदी हसनले ३८, महमुदुल्लाहले २७ तथा कप्तान शकिब अल हसनले समान २४ रन बनाए । मोसाडेक होसेनले ९ बलमा अविजित २४ रन बनाउँदा तस्किन अहमदले ६ बल खेल्दै अविजित ११ रन जोडे ।

श्रीलंकाक वानिन्दु हसरंगा र चामिका करुनारत्नेले २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?