
१८ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष डा. विश्व पौडेलले सरकारी निकायहरू नेपाल श्रीलंका बन्छ भन्ने कुरामा कहिले पनि नआत्तिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘हामी सरोकारवाला हरेक दिनजसो बैठक बस्थिम्, जसरी बाहिर हल्ला भयो, हामी त्यसरी आत्तिएकै थिएनौं ।’
आगामी दिन नेपालको उज्ज्वल भविष्य रहेको समेत उनले बताए । रेमिट्यान्सको रकम घर निर्माण सकेर अब उत्पादनमा लाग्न थालेको उदाहरण दिंदै आगामी दिन भविष्य राम्रो हुने उनले बताए ।
यसबीचमा धेरै पूर्वाधार निर्माण भैसक्ने भन्दै उनले यसले सकारात्मक परिणाम दिने बताए ।
ग्रामीण सडकमा लगानी बढाउनु पर्ने, स्वास्थ र शिक्षामा समेत लगानी बढाउनु पर्ने आवश्यकता रहेको उनले बताए ।
डाक्टर नर्स सहरमा मात्र बस्न चाहेको भन्दै उनले दुर्गम भेगलाई समेत अब सुगम बनाउनु पर्ने बताए ।
भूकम्पपछि स्कुलहरू दरबार जस्तो बनेको भन्दै उनले अब भूकम्प नगएका जिलामा केन्द्रित हुनुपर्ने बताए ।
प्रतिक्रिया 4