+
+

पर्यटनमन्त्री श्रेष्ठ भन्छन् – सुरक्षागार्डको गल्ती ढाकछोप गर्न खोजियो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते २२:३५

१९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सुरक्षा गार्डको गल्ती ढाकछोप गर्न मन्त्रीको बदनाम गर्ने कोशिश गरिएको बताएका छन् । उनले सुरक्षागार्ड शेरजंग गुरुङले सेवाग्राहीलाई राम्रो व्यवहार नगर्ने गरेको दाबी पनि गरेका छन् ।

शुक्रबार पत्नीसहित ठमेलको छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले लाइनमा आउनुस् भन्दै रोकेका थिए । तर मन्त्री श्रेष्ठले चाहिँ अनलाइनखबरसँग कुरा गर्दै घटना सार्वजनिक भए जस्तो नभएको दाबी गरेका छन् ।

‘बिहानैको कुरा थियो, त्यति भिड पनि थिएन । म लाइनमै बसेको थिएँ’ उनले भने, ‘एकजनापछि मेरो पालो थियो, लाइनमा भन्दै ठेलाठेल गर्दै सुपरभाइर हुँ भन्दै उनी आए । मेरो सेक्यूरिटी गार्डले उहाँले मेरो मन्त्री ज्यू हुनुहुन्छ भन्दा पनि उनले मन्त्री सन्त्री मतलब छैन भन्दै प्रतिवाद गरे ।’

त्यसक्रममा सुरक्षागार्डसँग वादविवाद भएपछि पीएसओले आफूपनि नेपाली सेनाको मान्छे भएको उल्लेख गर्दै कार्ड देखाएको श्रेष्ठले बताए । ‘उनी त्यतिमा रोकिएनन्, अझै वादविवाद गर्न थाले’ उनले भने, ‘मन्त्रीलाई सम्मान गरेन भन्ने मेरो कन्सर्न होइन, हरेक नागरिकलाई सम्मानपूर्वक व्यवहार हुनुपर्छ भन्ने मान्यता हो ।’

मन्त्रालय पुगेपछि गुरुङ पक्राउ परेको भन्ने आफूले थाहा पाएको उनले बताए । ‘मेरा पिएसओहरुले आफ्नो च्यानलमा खबर गरेर पक्राउ परेका हुन्, कानून अनुसार कारबाही भयो होला अरु थाहा भएन,’ श्रेष्ठले भने, ‘तर उनले शुक्रबार जुन व्यवहार गरे, त्यो आपत्तिजनक थियो ।’

मन्त्री श्रेष्ठ संयुक्त राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को महासभामा भाग लिन क्यान्डा जाँदैछन् । त्यसका लागि बायोमेट्रिक दिन छायाँ सेन्टरस्थित भीएफएसको भिसा सेन्टरमा पुगेका थिए ।

प्रहरीले अनुसन्धानका लागि गुरुङलाई हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको अनुमति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?