+
+

आर्सनलको अपराजित यात्रामा युनाइटेडले लगायो ब्रेक, एन्टोनीले डेब्युमै गरे गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १०:३८

२० भदौ, काठमाडौं । मार्कुस रासफोर्डको दुई गोल अनी एन्टोनी सान्तोसको डेब्युमै गोल पछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार राती शीर्ष स्थानको आर्सनललाई ३-१ ले पराजित गरेको छ ।

युनाइटेडले आर्सनलको पाँच खेलको अपराजित यात्रामा ब्रेक लगाउँदा लगातार चौथो जित निकालेको हो । सुरुको दुई खेलमा पराजित भएको युनाइटेडले त्यसयता भने लगातार जित्दै आएको छ । सुरुवाती पाँच खेल जितेर सानदार सुरुवात गरेको आर्सनल पहिलो हारपछि पनि ६ खेलबाट १५ अंकसहित शीर्ष स्थानमै छ ।

युनाइटेड ६ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा १२ औं मिनेटमा आर्सनलका गाब्रिएल मार्टिनेलीले गोल गरे पनि भिएआरले मान्यता नदिँदा आर्सनलले अग्रता लिने अवसर गुमाएको थियो ।

केही दिनअघि मात्र अयाक्सबाट युनाइटेड पुगेका एन्टोनीले ३५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले प्रिमियर लिग डेब्युमै गोल गरेका हुन् । बुकायो साकाले ६० औं मिनेटमा गोल गर्दै आर्सनललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर रासफोर्डले १० मिनेट अन्तरमा दुई गोल गरे । रासफोर्डले ६६ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए भने ७५ औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गोल गरे ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?