+
+

नवलपरासी २ मा कंडेल र १ मा विनोद चौधरीसहित ५ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १५:२१

२० भदौ, बुटवल । नेपाली कांग्रेसले नवलपरासी पश्चिमका दुई प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।

क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा अर्बपति विनोद चौधरीसहित ५ जना सिफारिस भएका छन् । क्षेत्र नंं. २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ देवकरण कलवार, विक्रम खनाल,कुल्दिप आचार्य, विनोद चौधरी र उषा बास्तोला सिफारिस भएका छन् ।

यस्त प्रदेश सभातर्फ (क) मा विश्व प्रेम पाठक र (ख)मा मुकुल आचार्य सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्र नंं. २ (क) मा मोहन शर्मा सर्वसम्मत तथा (ख) मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरि सिफारिस भएका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?