
२१ भदौ, काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले गाई चुनाव चिह्न नदिएर आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम गरेको टिप्पणी गरेका छन् ।
बुधबार सर्वोच्च अदालतले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश दिएपछि थापाले ट्विटरमार्फत यस्तो टिप्पण गरेका हुन् ।
उनले ट्विटरमा भनेका छन्, ‘कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम मा.कुमार रेग्मी र मा.तिलप्रसादको ईजलासले गर्यो, यसको जवाफ उहाँहरुले दिनुपर्नेछ।’
यस्तै उनले सर्वोच्चको फैसला माने पनि हतोत्साहित र विचलित नहुने बताए । उनले भ्रष्ट प्रवृत्ति र शक्तिका पुजारीहरुको भण्डाफोर गर्नेसमेत चेतावनी दिए। उनले भने, ‘…तर, हामी हतोत्साहित वा विचलित भएका छैनौ। अदालत, संवैधानिक अंग र राज्यव्यवस्थामा रहेका यस्ता विकृतिका पर्खालहरु भत्काएर अझ उच्च मनोबल, दृढता र सक्रियताका साथ अघि बढ्ने छौँ।भ्रष्ट प्रवृत्ति र शक्तिका पुजारीहरुको भण्डाफोर गर्नेछौँ।’
प्रतिक्रिया 4