+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

४ हजार ८६७ विद्यालयमध्ये कास्कीको विन्ध्यावासिनी मावि उत्तम

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १५:००

२३ भदौ, काठमाडौं । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कास्की बाटुले चौरको विन्ध्यवासिनी मावि पहिलो नम्बरमा सूचीकृत गरेको छ । केन्द्रले कार्यसम्पादन प्राप्ताङ्कको आधारमा विद्यालयको श्रेणीकरण सूची तयार गरेको उल्लेख गरेको छ । ६० जिल्लाका ४ हजार ८६७ विद्यालयको मूल्याङ्कन गर्दा विन्ध्यवासिनी पहिलो नम्बरमा परेको हो ।

केन्द्रले विद्यालयको नतिजा विश्लेषणको क्रममा विद्यालयले प्राप्त गरेको कार्यसम्पादन प्राप्ताङ्क (मेरिट) का आधारमा विद्यालयहरुको श्रेणीकरण गरिएको जनाएको छ । विन्ध्यवासिनी ९४.५९ अंक प्राप्त गर्दै उत्तम विद्यालयको श्रेणीभित्र पर्न सफल भएको छ ।

कञ्चनपुर रेश्मीटोलको भानु मावि ९०.७४ अंक सहित दोस्रो, भक्तपुर दरबार स्क्वायरको पद्यम उच्च मावि ९०.५७ अंक सहित तेस्रो र काभ्रेपलाञ्चोक मंगलटारको मंगल जनविजय मावि ९०.०९ सहित चौथो स्थानमा र ९० अंक सहित रुपन्देही कालिकानगरको कालिका मानव ज्ञान प्रा.वि. पाँचौ भएको छ ।

केन्द्रले ९० वा सो भन्दा माथि अंक प्राप्त गर्ने विद्यालयलाई उत्तम, ७० देखि ९० अंका प्राप्त गर्नेलाई सामान्य, ७० देखि ९० अंक प्राप्त गर्नेलाई मध्यम श्रेणीस्तरको विद्यालयको रुपमा स्तर निर्धारण गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले तयार गरेको श्रेणी निर्धारणको सातौ श्रेणीदेखि तल सबै ९० अंक भन्दा कम अंक प्राप्त गर्ने विद्यालयहरु रहेका छन् ।

केन्द्रले जिल्लागत श्रेणीकरण सूची पनि सार्वजनिक गरेको छ । जिल्लागत श्रेणी सूचिमा काठमाडौं जिल्लाको पहिलो नम्बरमा ८७.३६ अंक सहित विजेश्वरी डल्लुको गीतामाता मावि परेको छ ।

दोस्रोमा त्रिपुरेश्वरको विश्वनिकेतन मावि ८७.०३ अंक सहित दोस्रो नम्बरमा परेको छ ।

केन्द्रले ५६ औं अन्र्तराष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा विद्यालय कार्यसम्पादन परीक्षण प्रतिवेदनहरु कार्यान्वयन अभियान प्रतिवेदन संश्लेषण,सार्वजनिक गरेको हो ।

केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पठनसीप आधारभूतसूचक, सुधार कार्ययोजना र नासा पोलिसी गाईडलाईन सार्वजनिक गरेको छ । केन्द्रका महानिर्देशक शिवप्रसाद सापकोटाले आर्थिक वर्ष २०७३÷०७४ देखि अहिलेसम्म ६२ जिल्लाका ५ हजार ९८ वटा विद्यालयको परीक्षण सम्पन्न भएको र त्यसमध्ये ६० जिल्लाका ४ हजार ८६७ विद्यालयको नतिजा विश्लेषण गरिएको जानकारी दिए । बाँकी रहेका जिल्लाका विद्यालयहरुको पनि हुने क्रम जारी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?