
भैरहवा सेज/फाइल तस्वीर
२३ भदौ, काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) भैरहवा र बाराको सिमरामा करिब १५ अर्ब ६२ करोड रुपैयाँ लगानी भित्रिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
निर्यात मुलक उद्योग स्थापनाका लागि दुई आर्थिक क्षेत्रमा यतिका मात्रामा लगानी भित्रिएको मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दियो ।
५२ बिघा क्षेत्रफलको भैरहवा सेजमा ६७ वटा प्लट र १६५ बिघा क्षेत्रफलको सिमरा सेजका ६८ मध्ये ६१ वटा प्लट भाडामा गएको मन्त्रालयले जनाएको छ । यहाँ १२८ वटा उद्योग स्थापना हुनेछन् । खाद्यन्न, निर्माण, औद्योगिक कच्चा पदार्थ लगायतका वस्तु उत्पादन गर्ने यी उद्योगहरुबाट ८ हजार ४ सय जनालाई रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4