+
+

कतारको हमादमा भइरहेको निगमको उडान अब दोहा सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १५:१६

२६ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौबाट कतारमा गरिरहेको उडानको विमानस्थल परिवर्तन भएको छ । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमलाई यस्तो जानकारी गराएको हो ।

निगमकाअनुसार अहिले हमाद इण्टरनेशनल एयरपोर्टबाट भइरहेको निगमको उडान अब दोहा इन्टरनेसनल एयरपोर्टमा सरेको हो ।

यस्तो नियम १५ सेप्टेम्बर २०२२ बाट ३० डिसेम्बर २०२२ सम्मका लागि लागू हुने भएको हो । कतारमा विश्वकप नजिकिएसँगै हमाद विमानस्थल बढी व्यस्त हुन थालेको छ । यससँगै नेपालजस्ता मुलुकका उडानहरु कटौती गर्ने वा दोहामा सार्ने काम भइरहेको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?