२७ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र लुम्बिनी प्रदशको खेलमा ओपनर कुशल भुर्तेल र आरिफ शेखको विष्फोटक ब्याटिङमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २०५ रनको बलियो लक्ष्य पेश गरेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनाएको हो ।
पुलिसका लागि ओपनर कुशल भुर्तेलले ३६ बलमा ७ चौका र ५ छक्कासहित ७५ रनको विष्फोटक इनिङ खेले ।
त्यस्तै पाचौं नम्बरका ब्याटर आरिफ शेख २२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा अविजित रहे । अर्का ओपनर सुनिल धमला १३ औं ओभरको पाँचौं बलमा एज लागेर ३५ रनमा कृष्ण कार्कीबाट क्याच आउट भएका हुन् । अन्य खेलाडीमा दिलिप नाथ ३३ रन र दपेन्द्र सिंह ऐरी ३ रनमा आउट भएका हुन् ।
आजको खेलमा पुलिसले मञ्जित श्रेष्ठलाई बेन्चमा राख्दै दीपेन्द्रसिंह ऐरीले पहिलो पटक पुलिसको कप्तानी गरिरहेका छन् ।
प्रतिक्रिया 4