+
+

चिनियाँ नेताको सवारीले यातायात अस्तव्यस्त, पैदल हिँड्नसमेत रोक

शंकर गिरी शंकर गिरी
२०७९ भदौ २८ गते १२:३६

२८ भदौ, काठमाडौं । सोमबार अपरान्हदेखि अस्तव्यस्त बनेको काठमाडौंको सवारी व्यवस्थापन मंगलबार झन् भद्रगोल भएको छ । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीका लागि काठमाडौंको सडक खाली गराउँदा यातायात क्षेत्र प्रभावित बनेको हो ।

सोमबार दिउँसोदेखि बानेश्वर–कालीमाटी सडक पटक पटक बन्द गरिएको छ । जसको असर स्वरुप रत्नपार्क क्षेत्रको यातायात पनि प्रभावित भएको छ ।

आक्रोशित सर्वसाधारण

भीआईपी सुरक्षाको लागि भनेर काठमाडौंको सडक खाली गर्दा दुख पाएको भन्दै सर्वसाधरण आक्रोशित बनेका छन् । कीर्तीपुरबाट त्रिपुरेश्वरको राहदानी विभाग हिँडेका अमन रावलले सरकार प्रति आक्रोश व्यक्त गरे, ‘एउटा विदेशी भीआईपी आयो भनेर यसरी दुख दिन्छन् । एउटा ट्राफिक व्यवस्थापन गर्न नसक्ने सरकारले देश कसरी व्यवस्थापन गर्ला ?’

ललितपुरको युनपार्क नजिकको सडक जाममा स्कुटरमाथि बसेर मोबाइल चलाइरहेकी रक्षा थापाले पनि अमनले झैं जामले गर्दा तनाव भएको बताइन् । ‘काठमाडौंमा जाम त सधैंको समस्या हो तर हिजो र आज धेरै नै दुख पायौं । आज स्कुलमा अभिभावक भेला छ । ११ बजे पुग्ने भनेर हिँडेको १२ बज्दा पनि यहीँ जाममा छु ।’

अमन र रक्षा जस्तै काठमाडौंमा सवारी साधन चलाउने अधिकांश सर्वसाधारण जामको कारण आक्रोशित भएका छन् । यस्तै पैदलयाुलाई पनि फुटपाथमा सहज रुपमा हिँड्न दिइएको छैन ।

चार पटक यातायात प्रभावित

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंगलबार तीन पटक उपत्यकाका यातायात क्षेत्र प्रभावित हुनेछ । ट्राफिक प्रहरीले मंगलबार विहानै एक सूचना जारी गरेर बिहान पौने ९ बजेको आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतीघर, नयाँ बानेश्वरदेखि तिनकुन आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने बताएको थियो ।

त्यस्तै साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित हुने बताएको थियो ।

ट्राफिक प्रहरीले पौने ९ बजेबाट प्रभावित हुने भनिएता पनि आज विहान ८ बजेबाट नै काठमाडौंको सवारी आवागमन अस्तव्यस्त बनेको थियो । आठै बजेदेखि काठमाडौंका करिडोरहरुमा सवारीको लाइन लागेको छ । विहान विद्यार्थीको बोकेका गाडीहरु, कार्यालयका सवारी साधनहरु पनि रोकिएका थिए ।

ट्राफिक कार्यालयका अनुसार दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने बताएको छ ।

त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ । उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।

काठमाडौंको ट्राफिक तीन पटक प्रभावित हुने प्रहरीले दाबी गरे पनि मंगलबार दिनभरि नै सवारी आवागमन प्रभावित हुने एक ट्राफिक प्रहरी अधिकारीले बताए ।

हेर्नुस् तस्वीरहरु :

 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?