+
+

ओली र निर्वाचन आयोगले संसदको ५/५ महिना कार्यकाल खाइदिए : मीन विश्वकर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १५:४६

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले संसदको ५/५ महिना पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगले खाइदिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै सचेतक विश्‍वकर्माले भने, ‘संसदको ५ महिना पुर्वप्रधानमन्त्री (केपी शर्मा ओली)ले खाइदिए । दुई पटक भएको प्रतिनिधिसभा विघटनले ५ माहिना खाइदिएको रहेछ । फेरि निर्वाचन आयोगले पत्र पठाएको भन्ने सुनिन्छ । निर्वाचन आयोगले ५ महिना खाइदियो ।’

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले प्रतिनिधिसभामा एक पटक निर्वाचित र तीन पटक सांसद भएको बताए । उनले भने, ‘ एक पटक निर्वाचित तीन पटक साम्सद भइयो । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?