+
+

दशरथ रंगशालामा सेल्फ डिफेन्स सेमिनार सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १८:०६

२८ भदौं, काठमाडौं । नेपाल मार्शल सेल्फ डिफेन्स संघको आयोजनामा अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार तथा हिमालयन हल अफ फेम २०२२ सुरू भएको छ ।

मंगलबार र बुधबार हुने सेमिनारको पहिलो दिन २५० जना बालबालिका र ५० जना विभिन्न जिल्लाका प्रशिक्षकहरुलाई तालिम दिएको संघले जानकारी दिएको छ । नेपाल मार्शल सेल्फ डिफेन्स संघले देशभरका ४० हजार बढी बालबालिकालाई सेल्फ डिफेन्स तालिम दिएको जनाएको छ ।

विद्यालय तहका बालबालिकालाई दुर्व्यवहार, हिंसाजन्य व्यवहारबाट जोगिनको लागि सेल्फ डिफेन्स सिकाउन जरुरी रहेको सेल्फ डिफेन्स नेपालकी प्रमुख प्रशिक्षक सन्जु महर्जन बताउँछिन् । सम्मेलन दशरथ रंगशालाको कबर्ड हलमा भइरहेको आयोजकले जनाएको छ ।

२०७२ सालमा स्थापना भएको संघले विद्यालय तहका बालिकाहरुलाई सेल्फ डिफेन्स सिकाउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?