+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

थारु महिला सभाले राष्ट्रिय नाचघरमा जितिया महोत्सव मनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १९:३६

२८ भदौ, काठमाडौं । थारु महिला सभाले आगामी असोज २ गते काठमाडौंको राष्ट्रिय जितिया महोत्सव २०७९ मनाउने भएको छ ।

मंगलबार थारु महिला सभाले काठमाडौंमा पत्रकार सम्‍मेलेन गरेर यर वर्षको राष्ट्रिय जितिया महोत्सव काठमाडौंको राष्ट्रिय नाँचघरमा मनाउने जानकारी दिएको हो ।

पत्रकार सम्‍मेलनमा थारु महिला सभाकी अध्‍यक्ष लिलम कुमारी चौधरीले यसपटक नाँचघर जमलमा जितिया महोत्सवको आयोजना गरिएको बताइन् ।

उनले भनिन्, ‘तराईका आदिवासी थारु महिलालगायत अन्‍य समुदायले पनि जितियालाई धुमधाम मनाउँदै आइरहेका छन्। हामी काठमाडौंमा बसेका थारु महिलाहरु भने २० वर्षदेखि महोत्सवको रुपमा मनाउँदै आएका छौं। यस पटक पनि मनाउने तयारीमा जुटेका छौं।’

उनका अनुसार यसपटक पनि जितियामा विभिन्‍न नाचगान, सास्कृतिक झाँकी र व्रतालुहरुको लागि जितमहानको मूर्ति दर्शन गराउने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा सरकारका शहरी विकासमन्त्री मेटमणि चौधरी प्रमुख अथितिको रुपमा रहेन आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?