
२८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा संसदीय समिति बनाएको छ । समितिमा पूर्वअध्यक्षहरु पशुपति शमशेर जबरा, लोकेन्द्रबहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनी पदेन सदस्य रहनेछन् ।
त्यस्तै अध्यक्ष लिङ्देनले चन्द्रबहादुर गुरुङ, प्रा. डा. गीताभक्त जोशी, प्रा.डा. जयन्तनाथ खनाल, डा. कान्ता भट्टराई, वरिष्ठ अधिवक्ता राजु बस्नेत, केन्द्रीय सदस्य केदार न्यौपाने, पूर्वसभासद बबिना मोक्तान लावतीलाई मनोनित गरेका छन् ।
संसदीय समितिमा सातवटै प्रदेश समितिका अध्यक्षहरु पदेन सदस्य हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4