+
+

टीभीभएसको कायापलट योजनामा भुजेन्द्र मगरले पाए १०० प्रतिशत क्यासव्याक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १३:१५

काठमाडौ‌ं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको ‘कायापलट’ योजना अन्तर्गत धापसीका भुजेन्द्र सरु मगरले १०० प्रतिशत क्यासव्याक हात पार्न सफल भएका छन् ।

योजना सार्वजनिक गरेको आठौं दिनमा उनले १०० प्रतिशत क्यासब्याक पाउन सफल भएका हुन् । उनले बौद्धस्थित टुसालमा रहेको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रीएफआई स्कुटर खरिद गरेका थिए ।

स्याङ्जा मनकामनाका इमबहादुर गुरुङले १ लाख ४ हजार रुपैयाँ हात पारेका छन् । उनले  बुटवलको बालाजी अटोमोबाईल्सबाट एन्टर्क १२५ एफआई स्कुटर खरिद गरेका थिए ।

ललितपुरका असनकुमार राईले सो योजना अन्तर्गत २६ हजार रुपैयाँ हात पारेका छन् । उनले  बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफआई स्कुटर खरिद गरेका थिए । यस योजनाबारे सोधपुछ गर्ने ८ जना ग्राहकहरुले रियलमी सी३० स्मार्ट फोन जितेका छन् ।

कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् ।

यो योजना अन्तर्गत नकिन्दै १ लाख र खरिद गरेपछि १० लाख रुपैयाँसम्म जित्ने मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्ट फोन प्रदान गरिने कम्पनीले जनाएको छ । हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँको नगद पुरस्कार उपलब्ध गरिने कम्पनीले जनाएको छ ।

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २०० रुपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर किन्न सक्ने कम्पनीको भनाइ छ ।

यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध रहेको र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदैआएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?