+
+

बुटवलको होटलबाट पेस्तोलसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १९:५९

३१ भदौ, बुटवल । प्रहरीले बुटवलको एक होटलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

बुटवल ईंटाभट्टीस्थित होटल नमोबुद्धमा बसेका बुटवल सुख्खानगरका सन्तोष सलामी मगरलाई रिभल्वर पेस्तोल र तीन थान गोली सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बाग्लुङ दगातुन्डाँडा स्थायी घर भइ बुटवल बस्दै आएका सलामी होटलको दोस्रो तलामा रहेको १०४ नं.कोठामा बसेको गोप्य सूचनाका आधारमा जाँच गर्दा उनी पेस्तोल सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी श्याम अर्यालले बताए ।

सलामीलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?