+
+

नयाँ कलाकारलाई लियोनार्दो डिकाप्रियोको टिप्स : ड्रग्सबाट टाढा रहनुस्, सुपरहिरो फिल्म नहेर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १४:०९

काठमाडौं । फिल्म ‘कल मी बाइ योर नेम’मा लुका ग्वाडाग्निनो चरित्रमा अभिनय गरेपछि तिमोथी चालमेट हलिउडको ‘इट ब्वाय’को रुपमा चिनिए ।

त्यसपछि उनी ‘ड्युन’सहित हलिउडका लोकप्रिय इन्डाइ फिल्म लेडी बर्ड र ब्युटीफुल ब्वायमा पनि खेले । ग्वान्डाग्निनोको आगामी फिल्म बोन्स एण्ड अलले भेनिस फेस्टिभलमा साढे आठ मिनेट लामो ‘स्ट्यान्डिङ ओभियसन’ पनि प्राप्त गर्‍यो ।

यसैबीच, अभिनेता चालमेटले हलिउडका अग्रणीको पदचाप पछ्याउँदै आफू अघि बढेको र लियोनार्दो डिकाप्रियोले आफूलाई दिएको सल्लाहबारे पनि खुलासा गरे ।

भेराइटी म्यागजिनका अनुसार डिकाप्रियोले उनलाई कडा लागूपदार्थ नलिनू र सुपरहिरो फिल्म नहेर्नू भनेर सुझाए । डिकाप्रियो र चालमेटले एडम म्याकी निर्देशित सन् २०२१ मा रिलिज भएको ‘डन्ट लुक अप’मा अभिनय समेत गरेका थिए । यो फिल्म उक्त वर्ष ओस्कार अवार्डमा उत्कृष्ट फिल्मको मनोनयनमा समेत परेको थियो ।

सन् १९९२ को टीभी सिरिज ‘ग्रोइङ पेइन्स’मा देखिएयता कुनै पनि टीभी सिरिजमा नदेखिएका डिकाप्रियो यस्तो कुरामा निकै चुजी छन् । सन् १९९७ मा रिलिज भएको ‘टाइटानिक’ले विश्वभर उनको स्टारडम निर्माण गरेको थियो ।

अलेजान्द्रो इनारितु निर्देशित फिल्म द रेभिनेन्टबाट उनले ओस्कारमा उत्कृष्ट अभिनेताको पुरस्कार पनि जितेका थिए । अभिनेता चालमेट पनि हलिउड बक्स अफिस र समीक्षकबीच पनि रुचाइएका कलाकार हुन् ।

सन् २०२३ मा उनी अभिनित पौल किङको मौलिक कथा ‘ओन्का’ र जेन्डेयासँग उनी ‘ड्युन २’मा देखिंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?