+
+

पर्यटकीय रुटको हेलिकप्टर चार्टर्ड भाडा बढ्यो

काठमाडौंबाट पर्यटकीय रुटमा गरिने हेलिकप्टर चार्टर्डको भाडा बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १७:०९
फाइल तस्वीर

४ असोज, काठमाडौं । काठमाडौंबाट पर्यटकीय रुटमा गरिने हेलिकप्टर चार्टर्डको भाडा बढेको छ । बढेको भाडादर आगामी १५ असोज २०७९ (१ अक्टोबर २०२२)बाट लागू हुने वायुसेवा सञ्चालक संघ, नेपालले जानकारी दिएको छ ।

संघले नयाँ भाडादर १२ भदौमा तय गरेको हो । हवाई इन्धनको मूल्य तथा अमेरिकी डलरको एक्स्चेन्ज रेटमा भएको वृद्धिलाई दृष्टिगत गरी संघले हेलिकप्टरको नयाँ चार्टर्ड भाडादर निर्धारण गरेको जनाएको छ ।

नेपाली भाडादरमा परिवर्तन गरिएको छैन । तर, पर्यटकीय गन्तब्यमा हुने चार्टर्ड उडानको डलर फेयरमा भने वृद्धि भएको छ । यसअघि १८ जेठदेखि लागू हुने गरी संघले चार्टर्ड भाडादर कायम गरेको थियो । सो बेला काठमाडौं–लुक्ला–काठमाडौं रुटमा २४ सय डलर रहेको भाडा अब भने ३ हजार डलर पुगेको छ । काठमाडौं–सगरमाथा बेस क्याम्प–काठमाडौं भाडादर ३४ सय डलरबाट ४ हजार डलर पुगेको छ ।

यो ३ यात्रुका लागि हो । ५ यात्रुको भाडा ४५ सय डलर पुगेको छ । यसअघि ५ यात्रुको ३७ सय डलर रहेको छ । काठमाडौंबाट हुने माउण्टेन फ्लाइटको भाडा ३ यात्रुको ३४ सय डलरबाट ४ हजार डलर र ५ यात्रुको ३७ सय डलरबाट ४५ सय डलर पुगेको छ ।

लुक्लाबाट एभरेष्ट बेस क्याम्पको भाडा अब ३ यात्रुको १५ सय डलर पुगेको छ । यसअघि यो रुटको भाडा १२ सय डलर रहेको थियो ।

हेर्नुहोस् भाडादर सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?