+
+

खुला टेबलटेनिसमा एलेन र इभानालाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १९:२५

४ असोज, काठमाडौं । आदर्श विद्या मन्दिर (एभीएम) का एलेन महर्जन र इभाना थापाले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जितेका छन् । क्याडेट सिंगल्सको छात्रमा एलेन र छात्रामा इभाना पहिलो भएका हुन् ।

काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको छात्र फाइनलमा एलेनले भानुभक्त मेमोरियल स्कुलका उज्ज्वल मानन्धरलाई ११–५, ११–७ र ११–७ को सोझो सेटमा पराजित गरे । केकेएम/एनआरटीका शंकर पहाडी र एभीएमका अतित गुरुङ तेश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्राको स्वर्ण भिडन्तमा इभानाले केकेएम/एनआरटीकी नर्मदा खाइतुलाई ११–८, ११–६ र ११–३ को सीधा सेटमा हराए । एभीएमका आर्सना महर्जन र साइरा शाक्य तेश्रो बने ।

प्रतियोगिताको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुष/महिला, क्याडेट र जुनियर छात्र/छात्रा सिंगल्स ६ तथा भेट्रानमा ५ गरी जम्मा ११ स्पर्धा समावेश छन् ।

भेट्रानका ५ स्पर्धा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

सिनियर छात्र/छात्रा सिंगल्स (यु–१९) तथा क्याडेट छात्र/छात्रा सिंगल्स (यु–१५) मा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५००/२ हजार ५०० नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?