+
+

सञ्जय साहको जन्मकैद फैसला उच्च अदालत जनकपुरले सदर गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १७:४०

५ असोज, जनकपुरधाम । सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दाको जिल्लाको फैसला उच्च अदालत जनकपुरले हुबहु सदर गरेको छ ।

मुख्य योजनाकार सञ्जय कुमार साहलाई जिल्लाले गरेको जन्मकैदको फैसलालाई उच्च अदालतले सदर गरेको हो । उच्च अदालतको इजलास नं. ३ मा आठदिन चलेको बहस सुनुवाई पश्चात बुधबार उच्च अदालतले यस्तो आदेश गरेको उच्च अदालत जनकपुरका राजिष्टार खडगराज अधिकारीले जानकारी दिए ।

न्यायधीश द्वय प्रमोद कुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्लाको फैसलालाई नै सदर हुने गरी आदेश दिएको हो ।

उनका अनुसार सो मुद्दामा नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता यदुनाथ शर्मा र शाखा अधिकृत राजलाल यादव बहस गरेका थिए भने जाहेर बालाको तर्फबाट आधिवक्ता विपीनकुमार झा र हेमबहादुर कार्कीले बहस गरेका थिए ।

यस्तै प्रतिवादी संजय साहको तर्फबाट वरिष्ठ आधिवक्ता सुरेन्द्र महतो, वरिष्ठ आधिवक्ता श्यामकुमार मिश्र, वरिष्ठ आधिवक्ता धर्मेन्द्र शर्मा, आधिवक्ता प्रकाश कुमार घिमिरे, ओम प्रकाश सिंह र दिपेन्द्र सिंहसहित ६ जनाले बहस गरेका थिए ।

जनकपुर टुडेका सञ्चार उद्यमी सिंघानियाको ०६६ साल फागुन १७ गते होलीको दिन गोली हानेर हत्या भएको थियो । सो मुद्दामा २०७६ साल असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो ।

साहले सोही फैसलामा असन्तुष्टि जनाउँदै ०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेको थियो । साह अहिले नख्खु कारागारमा कैद भुक्तानी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?