+
+

दाङमा ६ किलो भन्दा बढी लागूऔषधसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते २०:२९

५ असोज, दाङ । दाङमा ६ किलो भन्दा बढी आगुऔषधसहित छुट्टाछुट्टै ठाउँबाट ४ जना पक्राउ परेका छन् ।

असोज २ गते साँझ करिब साढे ६ बजे लमही–९ अमिलियाबाट दुई महिलालाई लागूऔषध चरेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरपालिका–६ कोटगाउँ घर भई हाल घोराही उपहानगरपालिका–१३ सेवार बस्ने ३८ बर्षीया खुशी पुन मगर भनिने एकता पुन मगर रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ६ किलो ३६० ग्राम चरेस बरामद गरेको छ । तुलसीपुरबाट भारतको दिल्ली तर्फ जाँदै गरेको ना ७ ख ९०५ नम्बरको बसबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

भारततर्फ चरेस लगिदै गरेको सूचनाका आधारमा बसमा सवार ती दुई महिलालाई प्रहरीले खानतलासी गरेको थियो । प्रहरीले खानतलासी गर्दा उनीहरुले आफ्नो दुईवटै खुट्टाको साप्रामा चरेस बाँधेर लुकाएको अवस्थामा फेला पारेको थियो ।

त्यस्तै प्रहरीले प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत गढवा गाउँपालिका–१ कालाकाटेबाट लागूऔषध ब्राउन सुगरसहित २ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा
कपिलवस्तु नगरपालिका–१० जगदीशपुरका २५ बर्षीय हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका–११ निवासी १८ बर्षी मोहम्मद खाँन रहेका छन् ।

प्रहरी प्रमुख वलीका अनुसार उनीहरुको साथबाट प्रहरीले ११३ दशमलव ४६ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । साथै प्रहरीले उनीहरु सवार लु ६८ प १६६६ र लु ५५ प ६८३७ नम्बरका मोटरसाइकल समेत बरामत गरेको छ ।

पक्राउ परेका ४ जनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख वलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?