६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताएका छन् ।
पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराउने कार्यक्रममा ओलीले अनधिकृत मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम गरिरहेको बताए । सरकारले कुनै पनि विधेयक ल्याउँदा संविधानको धारा १८१ अनुसार राष्ट्रपतिलाई जानकारी नगराएको भन्दै उनले अघि भने, ‘यो अहंकारी गठबन्धनले धारा १८१ को एक पटक पनि पालना गरेको छैन ।’
गठबन्धनले मसलको भाषा मात्र बोल्न थालेको भन्दै उनले एमालेसँग ठोक्किन आए त्यसलाई पनि ठीक पार्ने चेतावनी दिए ।
सत्तामा बस्नेहरुमा अहंकार चढ्यो भने तानाशाही हुने भन्दै उनले भने, ‘यस्तो क्रियाकलाप नगर्न सचेत गराउन चाहन्छु । मान्दै मान्दैन भने मंसिर ४ गते हिसाबकिताब जनताले गर्छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4