+
+
Shares

हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सल्बलाएको भन्दै उनीहरूलाई परास्त गर्ने दाबी गर्नुभएको छ ।
  • मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, 'हामी मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौं, धुलो टक्टक्याउँदै उठ्छौं ।'
  • अध्यक्ष ओलीले अहिलेको सरकार र यसका गतिविधिप्रति आपत्ति जनाउँदै मुलुकमा प्रतिगमनको सिलसिला जारी रहेको आरोप लगाउनुभएको छ ।

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सल्बलाएको उल्लेख गर्दै त्यसलाई परास्त गर्ने दाबी गरेका छन् । उनले अहिले आफूहरूलाई कमजोर नठान्न उनले आग्रह गरे ।

‘हामी मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौं,’ मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘धुलो टक्टक्याउँदै उठ्छौं । अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौं ।’

उनले अहिलेको सरकार र यसले गरिरहेका गतिविधिहरूप्रति पनि आपत्ति जनाए । असंवैधानिक ढंगबाट संसद् विघटन गरी चुनाव गएको प्रसंग उठाउँदै उनले त्यो बेलामा सबै मिल्न नसकेको बताए ।

‘हामीले यो चुनाव रोकौं भन्दा सबैले एमालेका लागि भिर हो, हामीलाई हाइवे हो भन्ने ठाने साथीहरूले,’ ओली भने, ‘यो चुनाव बामपन्थी र लोकतान्त्रिकहरूका लागि थिएन । पहिले नै परिणाम तय थियो । अहिले पनि प्रतिगमनको सिलसिला जारी रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?