
६ असोज, काठमाडौं । बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।
कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रममा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
यसअघिका प्रशिक्षक मोहमद अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका खेलाडीले पुनरागमन गरेका छन् ।
ऋतिककुमार खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।
चोटका कारण सुनिल बल टोलीमा परेका छैनन् । यस्तै एसियन कप छनाेटमा नेपालकाे कप्तानी गरेका फरवार्ड नवयुग श्रेष्ठ पनि टिममा छैनन्
प्रशिक्षक हुमागाईँले कप्तान भने घोषणा गरेका छैनन् । उनले खेलअघि कप्तान घोषणा गर्ने बताए ।
नेपालले असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
नेपाली टिम
गोलकिपर: किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु
डिफेण्डर: रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल
मिडफिल्डर: सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट
फरवार्ड: विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4