+
+

त्रिवि आर्थिक प्रशासनको ताला खुल्यो, कार्यकक्षमा यथावत

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १८:३५

६ असोज, काठमाडौं । त्रिविको आर्थिक प्रशासन महाशाखाको ताला करिब दुई महिनापछि खुलेको छ । असार २७ गतेदेखि उपत्यका नेविसंघले ताला लगाएको थियो ।

तालाबन्दीको कारण असारदेखि कर्मचारी, शिक्षक तलब तथा पेन्सन रोकिएको भन्दै गत भदौ २७ गते त्रिविका विभिन्न १३ वटा महाशाखा प्रमुखहरुले विज्ञप्ति जारी गरी ताला खोल्न आग्रह गरेका थिए ।

चाडबाडको मुखमा तलब रोकिँदा कर्मचारीहरु मारमा पर्ने भएकोले नेविसंघको केन्द्रिय कमिटिसँग महाशाखाहरुको पहलमा खोलिएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्र प्रसाद दाहालले जानकारी दिए ।

रेक्टर, शिक्षाध्यक्ष कार्यलयमा र उपकुलपतिको सचिवालय र कार्यकक्षमा नेविसंघ त्रिवि इकाइले लगाएको ताला भने अझै यथावत रहेको छ ।

नेविसंघले प्रश्नपत्र दोहोरिएको विषयमा छानबीन गर्न बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग राख्दै ताला लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?