+
+

प्रशिक्षक हटाउनु पर्ने माग गर्दै १५ स्पेनिस महिला फुटबलरले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १३:०७

७ असोज, काठमाडौं । स्पेनिस महिला राष्ट्रिय फुटबल टिमका १५ जना खेलाडीले प्रशिक्षक जर्ज भिल्दालाई हटाउन माग गरेका छन् ।

भिल्दा टिममा रहँदा आफूहरुको मानसिक स्वास्थ्य र भावनात्मक स्थितिलाई नकरात्मक प्रभाव पारेको भन्दै उनीहरुले राष्ट्रिय टिमबाट राजीनामा दिएका हुन् ।

उनीहरुले प्रशिक्षकको रणनीति, निर्णय र पछिल्लो समयको नतिजाले आफूहरुलाई चित्त नबुझेको भन्दै बिहीबार राजीनामा दिएका हुन् ।

रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफईएफ)ले भने खेलाडीलाई राष्ट्रिय टिमको प्रशिक्षक माथि प्रश्न उठाउने अधिकार नभएको बताएको छ । उसले भनेको छ, ‘प्रशिक्षकको विषयमा निर्णय लिने काम उनीहरुको जिम्मेवारी भित्र आउँदैन । यसरी निर्णय लिनु फुटबलमा द्वन्द्व पैदा गर्नु हो । यो फुटबल विकासका लागि हानिकारक छ ।’

फेडेरेसनले राजीनामा दिएका खेलाडीको माग अनुसार प्रशिक्षक नफेरिने भन्दै उनीहरुलाई टिममा नबोलाउने पनि बताएको छ । टिममा फर्कन चाहेमा उनीहरुले माफी माग्नु पर्ने शर्त फेडरेशनले अघि सारेको छ ।

‘यो एक गम्भीर अनुशासन उल्लंघन हो । यसका कारण उनीहरुलाई ५ वर्षको प्रतिबन्ध पनि लगाउन सकिन्छ’, फेडेरेसनले भनेका छ ।

यो घटना विश्वभरको महिला तथा पुरुष फुटबल फुटबलमा एक अकल्पनीय घटना भएको भन्दै फेडरेशनले उनीहरुको सट्टामा अब युवा खेलाडीलाई टिममा राख्ने तयारी गरेको छ । ‘कति धेरै युवा खेलाडी छने, जसले स्पेनिस जर्सी लगाएर खेल्नमा गौरव गर्छन’, फेडेरेसनले भन्यो ।

४१ वर्षीय प्रशिक्षक भिल्दा २०१५ देखि राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा कार्यरत छन् । उनकै प्रशिक्षणमा स्पेनिस महिला टिम २०२२ को युरोमा क्वाटर फाइनलसम्म पुगेको थियो । स्पेनले घरेलु मैदानमा अक्टोबर ७ र ११ मा स्विडेनसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने तयारी छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?