+
+

हिजो मधेशमा एमालेलाई निषेध गरियो, आज प्रवेशको लहर छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ८ गते १८:३२

८ असोज, जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमालेले गरेको विकास देखेर तराई मधेशमा पार्टी प्रवेशको लहर चलेको बताएका छन् ।

धनुषाको तिनकौरियामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले आफ्नो सरकारको पालामा भएको विकास देखेर हिजो प्रवेश निषेध गरेको तराई मधेशमा एमालेमा प्रवेशको लहर चलेको तर्क गरे ।

‘हामीले काम मात्रै गर्‍यौं । हाम्रो काम देखेर तराई मधेशसहित पूर्व मेचीदेखि पश्चिम महाकालीस्म एमाले प्रवेशको लहर चलेको छ’ ओलीले भने ।

मधेश आन्दोलनको बेला तराई मधेशमा एमालेमाथि भ्रम फिजाएर प्रवेश निषेध गरेको बताउँदै उनले मेचीकाली अभियान चलाउँदा सप्तरीमा राज्यपक्षले गोली चलाएर नागरिकको हत्या गराएको आरोप लगाए ।

ओलीले भने ‘मेची काली अभियानको क्रममा राज्य पक्षले गोली चलायो । हाम्रै नागरिक मारियो भनेर दुख लाग्यो । त्यो कार्यक्रम रोकेँ । मधेश प्रवेश कार्यक्रम स्थगित गरेँ’ उनले भने ।

ओलीले निर्वाचन पश्चात् एमालेको सरकार बने ५ वर्ष भित्र सुकुम्बासीको हरेक समस्या समस्या समाधान गर्ने बताए । उनले सो अविधिमै प्रत्येक गरिब विपन्नलाई सुविधा सम्पन्न घर पनि बनाएर वितरण गर्ने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?