+
+

कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते ११:२४

९ असोज, काठमाडौं । अमेरिकी डलर दिनप्रतिदिन बलियो बन्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ । आइतबार नेपालले खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल ८६.७९ डलर तोकिएको छ । जुन १० माघ २०७८ (२४ जनावरी) यताकै कम हो ।

११ दिनको बीचमा कच्चा तेलको मूल्य प्रतिब्यारल ८ डलरले ओरोलो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । शुक्रबारयता मात्रै तेलको मूल्य प्रतिब्यारल थप ४ डलरले सस्तो भएको ‘द इकोनोमिक्स टाइम्स’ले जनाएको छ ।

बिहीबार रातिदेखि डब्लुटीआई, ब्रेन्ट, मुरबान र प्राकृतिक ग्यास जस्ता इन्धनको मूल्य प्रतिब्यारल कम्तिमा साढे ४ डलरले सस्तो भएको ट्रेन्डिङ इकोनोमीले जनाएको छ ।

तेल उत्पादक देशहरुको संगठन ओपेक र बाहिरका मुलुकहरु कच्चा तेलको उत्पादन बढाउन औपचारिक रुपमा सहमत भएपछि तेलको मूल्य ओरोलो लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले दाबी छ ।

तेलको मूल्यमा प्रभाव पर्नुको अर्को कारण अमेरिकासहितका विश्वका प्रभावशाली देशका केन्द्रीय बैंकहरुले ब्याजदर बढाउनु पनि भएको बताइएको छ । ब्याजदरका कारण डलरको मूल्य थप प्रभावशाली बन्दा तेलको मूल्यमा प्रभाव परेको जनाइएको छ ।

कच्चा तेलको मूल्य सस्तो हुँदा नेपालले आयात गर्ने प्रशोधित पेट्रोलियम पदार्थको लागत पनि सस्तो हुन्छ । कोभिडका कारण आकाशिएको पेट्रोलियम पदार्थको मूल्य केही महिनायता सस्तो बन्दै गएको छ ।

नेपालले पछिल्लो २ महिनादेखि भारतीय आयल कर्पोरेसनबाट घटेको मूल्यमा इन्धन खरिद गरिरहेको छ । इन्धनको मूल्य ओरालो लागे पनि आयल निगमले डिजेल, पेट्रोल, खाना पकाउने ग्यास जस्ता इन्धनमा उपभोक्ता मूल्य भने घटाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?