+
+

क्रिकेटमा नियम मान्ने कि खेल भावना ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १२:५२

९ असोज, काठमाडौं । इंग्ल्याण्डसँगको तेश्रो एक दिवसीय क्रिकेटमा भारतीय महिला टिमकी बलर दिप्ती शर्माले नन् स्ट्राइकरमा रहेकी ब्याटरलाई रन आउट गरेपछि त्यसको आलोचना भएको छ ।

क्रिकेटको नियम अनुसार नै दिप्तीले क्रिज छाडेकी चार्ली डिनलाई रन आउट गरेकी थिइन् । त्यसलाई अम्पायरहरुले रन आउट दिएका थिए ।

जितका लागि १७० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ९ विकेट गुमाएर १५३ रन बनाएको स्थितिमा रहेको बेला ४३.३ ओभरको बलिङका लागि दिप्ती दौडिएकी थिइन् । तर उनले बल फाल्नु अघि नै चार्ली रन लिन अघि बढिन् ।

दिप्तीले बल स्ट्राइकमा रहेकी ब्याटरतिर नफाली नन् स्ट्राइकर चार्लीतिरको बेल झारिन् । बेल झर्दा चार्ली क्रिज छाडेर निक्कै अघि बढिसकेकी थिइन् । जुन फिल्ड अम्पायर प्रष्ट देखेका थिए ।

तर फिल्डमा रहेका दुवै जना अम्पायरले सल्लाह गरेर थर्ड अम्पायरसँग डिसिजन मागे । थर्ड अम्पायर रिप्ले हेर्दै चार्लीलाई आउट दिन ।

यो खेल भारतले १६ रनले जित्दै ३ खेलको शृंखला क्लिन स्विप गर्‍यो ।

तर भारतीय टिमले खेल भावना विपरीत चार्लीलाई आउट गरेर शृंखला क्लिन स्विप गरेको भन्दै आलोचना भएको छ ।

शृंखला जितिसकेको र यो खेल पनि जित्ने निश्चित जस्तै हुँदा पनि नन् स्ट्राइकर ब्याटरलाई दिप्तीले गरेको रन आउट खेल भावना विपरीत भएको उनीहरुको ठहर छ ।

तर भारतीय समर्थकले भने दिप्तीले खेलको नियम अनुसार नै खेलेका आलोचनाको कुनै तुक नभएको बताएका छन् ।

दिप्तीले गरेको रन आउटमाथि प्रश्न गर्ने इंग्ल्याण्ड समर्थकलाई भारतीय समर्थकले सन् २०१९ को विश्वकपको फाइनल सम्झन आग्रह गरेका छन् । सन् २०१९ को विश्वकपको फाइनल सुपर ओभरमा समेत बराबरी भएपछि धेरै बाउण्डी (चौका छक्का) हानेको आधारमा इंग्ल्याण्ड विजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?