+
+

बोर्डको प्रष्टीकरण : प्रक्रियागत ढिलासुस्ती गरेका छैनौं, प्रेमगीतले विदेशी बजारमा आयाम थप्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १६:०६

काठमाडौं । चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ विवादमा पहिलोपटक औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । बोर्ड नेतृत्वले प्रक्रियागत ढिलासुस्ती गरेर हिन्दी संस्करण रिलिजमा अवरोध गरेको भन्ने निर्माताको आरोपको पनि बोर्डले खण्डन गरेको छ ।

अध्यक्ष भुवन केसीद्वारा जारी प्रेस वक्तव्यमा ६ वटा प्रष्टीकरण उल्लेख छ, जहाँ ‘प्रेमगीत ३’ निर्माण कम्पनी आशुसेन फिल्म्सको कर चुक्तादेखि आइतबार गरिएको सेन्सर सिफारिससम्म चर्चा गरिएको छ ।

वक्तव्यमा उल्लेख छ, ‘असोज ९ मा सेन्सर सिफारिसका लागि निवेदन प्राप्त हुनासाथ चलचित्र जाँचका लागि सिफारिस भएको, बोर्डबाट सेवाग्राहीको काममा प्रक्रियागत ढिलासुस्ती र अवरोध नभएको सम्बन्धित सरोकारवाला एवं आम जनमानसमा स्पष्ट पार्न चाहन्छौं ।’

‘प्रेमगीत ३’ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्याएकोमा यस बोर्डबाट कार्यक्रम गरी सम्बन्धित पक्षलाई हौसला र प्रोत्साहन समेत गरिएको बोर्डले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?