
News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले स्थापना गरेको पटकथा संग्रहालयमा स्क्रिप्ट बुझाउने फिल्मको संख्या ६०० पुगेको छ।
- गतसाता एकैदिन ६० फिल्मको पटकथा बुझाइएको थियो र बोर्डले सबै निर्माता र निर्देशकलाई स्क्रिप्ट बुझाउन आग्रह गरेको छ।
- बोर्ड अध्यक्ष दिनेश डीसीले पटकथा संग्रहालयले नेपाली चलचित्रको इतिहास संरक्षणमा अमूल्य योगदान पुर्याउने बताए।
काठमाडौं । चलचित्र विकास बोर्डले स्थापना गरेको ‘पटकथा संग्रहालय’मा स्क्रिप्ट बुझाउने फिल्मको संख्या ६०० पुगेको छ ।
गतसाता एकैदिन ६० फिल्मको पटकथा बुझाइएको थियो । बोर्डले सूचना जारी गर्दै सबै निर्माता र निर्देशकलाई स्क्रिप्ट बुझाउन आग्रह गरेको छ ।
कबड्डी श्रृंखला, बाटो मुनिको फूल २, वडा नम्बर ६, लोग्ने मान्छे, रातो घर, नालापानी, होस्टेल रिटर्न, रामप्यारी, हिरोज, रंग बैजनी, लुटेरा, भैरव, कुमारी लगायतले स्क्रिप्ट बुझाएका छन् ।
साथै, तिम्रो मेरो प्रेम कहानी, बिर्खेलाई चिन्छस्, पशुपति प्रसाद, छेस्को, दर्पण छायाँ २, ब्रासलेट, भरोसा, बाबर, कालोपोथी, संरक्षण, षडङ्ग, खुस्माले पनि पटकथा बुझाएका छन् ।
‘ यदि तपाईँले निर्माण वा निर्देशन गर्नुभएको फिल्मको पटकथा छुटेको छ भने चलचित्र विकास बोर्डमा सम्पर्क गर्नुहुन अनुरोध छ । यो संग्रहालय नेपाली चलचित्रको इतिहास, विविधता, र सिर्जनात्मकताको अभिलेखलाई जीवन्त बनाउनेछ’ बोर्डले भनेको छ ।
बोर्ड अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्रको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार हुने बताए ।
‘पटकथा नै चलचित्रको आत्मा हो । यी स्क्रिप्ट संरक्षित गर्नाले भविष्यका चलचित्रकर्मीका लागि प्रेरणा र शोधको स्रोत बनेको छ’ उनले भने ।
अध्यक्षमा नियुक्त भएलगत्तै अध्यक्ष डीसीले पटकथा संग्रहालय स्थापना गरेका थिए । सोही अभियानअन्तर्गत बोर्डले पटकथा मागिरहेको छ ।
पछिल्लो समय पटकथा बुझाउने फिल्मको संख्यामा वृद्धि भैरहेको अध्यक्ष डीसीका सचिवालय संयोजक जनक खड्काले बताए ।
प्रतिक्रिया 4