
News Summary
Generated by OK AI. Editorially reviewed.- छायांकन पुरुषोत्तम प्रधानले एकैदिनमा ६० फिल्मको पटकथा चलचित्र विकास बोर्डलाई बुझाएका छन्।
- बोर्ड अध्यक्ष दिनेश डीसीले पटकथा संग्रहालय स्थापना गरी नेपाली चलचित्रको इतिहास संरक्षणको अभियान सुरु गरेका छन्।
- अहिलेसम्म बोर्डमा २०० भन्दा धेरै फिल्मले पटकथा बुझाएको सचिवालय संयोजक जनक खड्काले बताए।
काठमाडौं । छायांकन पुरुषोत्तम प्रधानले एकैदिनमा ६० फिल्मको पटकथा चलचित्र विकास बोर्डलाई बुझाएका छन् ।
सोमबार बोर्ड पुगेर उनले अध्यक्ष दिनेश डीसीलाई स्क्रिप्ट बुझाए । सो अवसरमा बोर्ड अध्यक्ष डीसीले नेपाली चलचित्रको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार हुने बताए ।
‘पटकथा नै चलचित्रको आत्मा हो । यी स्क्रिप्ट संरक्षित गर्नाले भविष्यका चलचित्रकर्मीका लागि प्रेरणा र शोधको स्रोत बनेको छ’ उनले भने ।
पटकथा हस्तान्तरण गरिएका फिल्ममा छक्कापञ्जा ३, कबड्डी १–२–३, लुट १ र २, नाई नभन्नू ल १, २, ४ र ५ छन् । साथै, लप्पन छप्पन १ र २ छन् ।
अन्य फिल्ममा दासढुङ्गा, झोले, ड्रिम्स, राजा रानी, जय भोले, मायाज् वार कृ, फिटकिरी, उमा, प्रेमगीत २, तान्द्रो, होमवर्क, थ्री लभर्स, कमला, सिग्नेचर, जय होस्, ऐँचो–पैँचो, ६ एकान ६, द विनर, मेरी मञ्जु, महाजात्रा, लक्का जवान, मेरो एउटा साथी छ, आईएमसरी, रातो टीका निधारमा, चपली हाइट ३, इकु, कान्छी, कार्साङ लगायतका फिल्म छन् ।
केही फेस्टिभलमा अवार्ड जितेका फिल्मका पटकथा पनि छन् । अध्यक्षमा नियुक्त भएलगत्तै अध्यक्ष डीसीले पटकथा संग्रहालय स्थापना गरेका थिए । सोही अभियानअन्तर्गत बोर्डले पटकथा मागिरहेको छ ।
अहिलेसम्म बोर्डमा २०० भन्दा धेरै फिल्मले पटकथा बुझाएको अध्यक्ष डीसीका सचिवालय संयोजक जनक खड्काले बताए ।
प्रतिक्रिया 4