+
+
Shares

चलचित्र विकास बोर्डको सदस्यमा सुवेदी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा गीतकार तथा संवाद लेखक गणेश सुवेदी नियुक्त भएका छन्।
  • संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले उनलाई विहिबार सदस्य पदमा नियुक्त गरिएको जानकारी दिनुभयो।
  • दिनेश डीसी अध्यक्ष रहेको बोर्डमा सन्तोषबाबु लोहनी र वीरेन्द्रप्रसाद भट्ट सदस्य रहेका छन्।

काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा गीतकार तथा संवाद लेखक गणेश सुवेदी नियुक्त भएका छन् ।

उनलाई विहिबार नै सदस्य पदमा नियुक्त गरिएको जानकारी संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अनलाइनखबरलाई दिए ।

दिनेश डीसी (दिनेशराज दाहाल) अध्यक्ष रहेको बोर्डका अन्य दुई सदस्यमा सन्तोषबाबु लोहनी र वीरेन्द्रप्रसाद भट्ट छन् ।

नवनियुक्त सदस्य सुवेदी २५ वर्षदेखि संगीत र डकुमेन्ट्री फिल्म निर्माणमा सक्रिय छन् । उनले ३ कथानक फिल्ममा समेत काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?