+
+
Shares

सिक्किमको फिल्म टोली काठमाडौंमा, कुन विषयमा हुँदैछ बोर्डसँग समझदारी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्ड र भारतीय राज्य सिक्किमको फिल्म प्रवर्धन बोर्डबीच द्विपक्षीय सहकार्यको तयारी भएको छ।
  • सिक्किम फिल्म प्रवर्धन बोर्डका अध्यक्ष टासी छिरिङ भुटियासँग बोर्ड अध्यक्ष दिनेश डीसीले सहकार्य योजनाबारे तीन पटक भेटवार्ता गरेका छन्।
  • सिक्किममा आयोजना हुने फिल्म फेस्टिभललाई सघाउने र नेपाली भाषाका फिल्मलाई सेन्सर गर्ने विषयमा सहकार्य गर्ने योजना छ।

काठमाडौं । चलचित्र विकास बोर्ड र भारतीय राज्य सिक्किमको फिल्म प्रवर्धन बोर्डबीच द्विपक्षीय सहकार्यको तयारी भएको छ । आपसी समझदारी र सहकार्यका एजेन्डामा चलचित्र जाँच (सेन्सर)देखि एकअर्काका फिल्मलाई प्रवर्धन गर्नेसम्मका विषय छन् ।

काठमाडौं भ्रमणमा रहेका सिक्किम फिल्म प्रवर्धन बोर्डका अध्यक्ष टासी छिरिङ भुटियासँग बोर्ड अध्यक्ष दिनेश डीसीले द्विपक्षीय सहकार्यको योजनाबारे चर्चा गरे ।

सिक्किममा आयोजना हुने फिल्म फेस्टिभललाई बोर्डले सघाउने, सिक्किममा निर्माण हुने स्टुडियोलाई बोर्डले प्राविधिक सहयोग गर्ने, नेपाली भाषाका फिल्मलाई सेन्सर गर्ने कार्यमा सिक्किमले प्रक्रिया अघि बढाउने तथा एकअर्काका फिल्मलाई सघाउने योजना छन् ।

उपयुक्त मितिमा सिक्किम फिल्म प्रवधर्न बोर्डका अध्यक्ष भुटिया नेपाल आएको बेला औपचारिकरुपमा यी एजेन्डामा समझदारी गर्ने तयारी बोर्डको छ । यो वातावरण तयार गर्न बोर्ड अध्यक्ष डीसी र भुटियाबीच योसहित ३ पटक भेटवार्ता भएको छ ।

भुटियासहितको सिक्किमको ६ सदस्यीय टोली काठमाडौंमा छ । टोलीमा सांस्कृतिक मामिला हेर्ने अधिकारीहरू पनि छन् ।

बोर्डले रात्रीभोजको आयोजना गरि सिक्किमको टोलीलाई स्वागत गरेको हो । सो अवसरमा दुबै पक्षबीच सहकार्यका सम्भावनाबारे चर्चा भएको जनाइएको छ ।

अध्यक्ष डीसीले नेपाली चलचित्रका लागि सिक्किमसँगको सहकार्य स्वर्णिम अवसर हुने विश्वास व्यक्त गर्दै भुटिया र उनको टिमलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

सो अवसरमा सिक्किमबाट आएका ‘दक्षिणा’ फेम्ड अभिनेता उत्तम प्रधान, मनोज लामा, दास तामाङ सहभाग थिए । निर्देशक तुलसी घिमिरे, भारती घिमिरे, बोर्ड सदस्यहरू, कलाकार र केही प्राविधिक उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?