+
+
Shares

धेरै कमाउने २५ फिल्मलाई बोर्डले सम्मान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते २१:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ गर्ने २५ फिल्मलाई सम्मान गर्ने घोषणा गरेको छ।
  • यसको लागि ५ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको फिल्मका निर्माताले ७ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ।
  • आगामी असार १६ मा आयोजित समारोहमा सम्मान र रियल टाइम बक्सअफिसको औपचारिक सुरुवात हुनेछ।

काठमाडौं । चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ गर्ने २५ फिल्मलाई सम्मान गर्ने भएको छ ।

बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै २०५७ असार १६ देखि २०८२ साल जेठ मसान्तसम्म धेरै कमाइ गर्ने फिल्मलाई सम्मान गर्ने जनाएको हो ।

यसको लागि न्यूनतम ५ करोड रुपैयाँभन्दा धेरै कमाइ गर्ने फिल्मका निर्माताले प्रमाण खुल्ने कागजातसहित ७ दिनभित्र बोर्डमा निवेदन दिनुपर्ने जनाइएको छ ।

यसको लागि सम्बन्धित वर्षको चलचित्र निर्माण कम्पनीको लेखापरीक्षणको कागजपत्र र वितरकले निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात्र पेश गर्नुपर्ने अध्यक्ष दिनेश डीसीले बताए ।

आगामी असार १६ गते आयोजना हुने बोर्ड स्थापनाको २५ औं वार्षिकोत्सव समारोहमा सम्मान प्रदान गरिने भएको छ । उक्त दिन रियल टाइम बक्सअफिसको औपचारिक सुरुवातसहित बोर्डका सबै सेवालाई अनलाइन माध्यममा लैजाने कार्यको सुरुवात गर्ने कार्यक्रम छ ।

चलचित्र विकास बोर्डको बक्सअफिस अनुसार ४६ करोडभन्दा धेरै कमाउँदै ‘पूर्णबहादुरको सारंगी’ अहिलेसम्म सर्वाधिक कमाउने नेपाली फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?