
फाइल तस्वीर
१० असोज, जनकपुरधाम । अगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मधेश प्रदेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने भएको छ ।
आठवटै जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सुरक्षाका लागि २३ हजार ७७१ जना म्यादी प्रहरी खटाइने मधेश प्रदेशका प्रहरी प्रवक्ता सुमनकुमार तिमलसिनाले जानकारी दिए ।
उनका अनुसार सप्तरीमा ३ हजार २७८, सिरहामा २ हजार ८०९, धनुषामा ३ हजार ४८६, महोत्तरीमा २ हजार ८०१ म्यादी प्रहरी खटाइने छ । यस्तै सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हमजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाउने कोटा छुट्याइएको छ ।
गत भदौ ३० गतेसम्म म्यादी प्रहरीको लागि खुलेको भर्नामा मधेश प्रदेशमा ६२ हजार भन्दा बढी जनाले आवेदन दिएका थिए । त्यसबाट २३ हजार ७७१ जना छनोट गरिने प्रवक्ता तिमलसिनाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4