+
+

अन्तर्राष्ट्रिय बक्सिङ संघको अध्यक्षमा उमर पुन: निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते २१:१५

१० असोज, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबीए) को अध्यक्षमा उमर क्रेमलेभ पुन: निर्वाचित भएका छन् ।

अर्मेनियाको राजधानी येरेभानमा आइतबार भएको आइबीएको चुनावी साधारणसभाबाट उमर दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उमर अब चार वर्ष आइबीएको अध्यक्ष पदमा रहनेछन् ।

यसअघि गत मे १३ र १४ मा टर्कीको राजधानी इस्तानबुलमा भएको कंग्रेसबाट उम निर्विरोध निर्वाचित भएका थिए । तर उमार विरुद्ध परेको उजुरीका कारण तत्कालिन अध्यक्षको प्रत्यासी नेदरल्याण्ड्सका वोरिस मान दि भोर्गो बीचमा अध्यक्ष पदको लागि निर्वाचन गर्न विशेष साधारण सभा आयोजना गरिएको थियो ।

साधारण सभामा अध्यक्ष पदको लागि फेरि निर्वाचन प्रक्रियामा जानुपर्छ कि पर्दैन भनी गरिएको मतदानमा भौतिक रुपमा उपस्थिति जनाएका ९९ सदस्य राष्ट्र एवं जुमबाट जोडिएका ५६ सदस्य राष्ट्र गरी कुल १५५ राष्ट्रका योग्य मतदाताबाट गरिएको मतदानमा १०६ सदस्य राष्ट्रले फेरि चुनाव गर्नु पर्दैन भन्ने पक्षमा मत दिएका थिए ।

यस्तै ३८ राष्ट्रले फेरि मतदान गर्नुपर्छ भनेका थिए भने ४ वटा राष्ट्र तटस्थ बसे भने ७ वटा राष्ट्रको मत वदर भएको थियो ।

यसरी दोस्रो पटक सम्पन्न विशेष साधारण सभाबाट पनि यस अघि सम्पन्न निर्वाचनलाई नै समर्थन गर्ने गरि उपस्थित मतदातामध्ये करिब ७५ प्रतिशत सहभागी सदस्यहरुबाट उमार क्रेमलेमलाई विश्वासको मत दिएका थिए । जसको अर्थ अर्को कार्यकाल उमर नै आइबीए अध्यक्ष रहनेछन् ।

साधारणसभामा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा केन्द्रीय सदस्य मानबहादुर भण्डारी अर्मेनिया गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?