+
+

सत्ता गठबन्धनमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १५ गते १८:५०
जसपाका प्रवक्ता मनिष सुमन ।

१५ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि भइरहेको छलफल सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । र, अरु राजनीतिक दलहरुसँग पनि चुनाव तालमेल खुला गर्ने निर्णय गरेको छ ।

पाँचदलीय गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफलमा जसपा पनि सहभागी छ । नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७/१८ सिट जसपाले पाउने देखिएको छ भने प्रदेशमा मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा र अरुमा एकाध सिट मात्र पाउने सम्भावना छ ।

शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । ‘हाम्रो पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन नै हो । तर सिट बाँडफाँट सबैको सम्मान हुने र सबैलाई जिताउने गरी हुनुपर्छ’, प्रवक्ता मनिष सुमनले भने ।

गठबन्धनमा सम्मानजनक सिट बाँडफाँट नभए अरु दलसँग तालमेल गर्ने जसपाको निर्णय छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्भव भएसम्म विकल्पका रुपमा अन्य राजनीतिक दलहरुसँग पनि निर्वाचनमा सिटको तालेमल गर्न सकिने छ ।’

यो पनि हुन नसके जसपामा एक्लै निर्वाचामा जाने प्रवक्ता सुमनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?