+
+

भारतीय बक्सअफिसमा ‘पोन्नियन सेल्भिन’ले ल्यायो आँधी, विश्वभर २०० करोड भारु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते १८:४५

काठमाडौँ । मणिरत्नम निर्देशित तामिल भाषाको फिल्म ‘पोनियन सेल्भिन’को पहिलो भागले बक्सअफिसमा आँधी ल्याएको छ । बीबीसीले यो फिल्म किन बक्सअफिसमा हिट भयो भन्ने कुराको चर्चा गरेको छ ।

भारतका महान सम्राटमध्ये एकमा आधारित पोनियन सेल्भानलाई तामिल भाषामा लेखिएको मध्ये एक उत्कृष्ट उपन्यासको रुपमा धेरैले व्यापकरुपमा मान्ने गरेका छन् ।

यो कथा ९ औं शताब्दीदेखि १३ औं शताब्दीसम्म तामिल भूमिमा शासन गर्ने चोल वंशका राजाराजा चोल अर्थात राजाहरुको राजा हो जसलाई उनका वफादार प्रजाहरुले दिएको नाम थियो ।

राजाराजा चोल वंशका पहिलो राजा थिएनन् तर उनले आफ्नो राज्यलाई सानो राज्यबाट विस्तार गरेर भारतको प्रमुख साम्राज्य राज्यको रुपमा स्थापित गरे । तिनीहरुको राजनीतिक प्रभाव थाल्यान्ड, श्रीलंका, माल्दिभ्स, सुमात्रा, थाइल्याण्ड र मलेसियाका केही भागमा फैलिएको थियो र चीनसँग उनीहरुको कूटनीतिक सम्बन्ध थियो ।

इतिहासकार सुनिल खिल्नानी लेख्छन्, ‘राजाराजाले कुनै कुरा हटाए जसलाई अघिल्ला राजाहरु कसैले हटाएका थिएनन् । उनीहरुले काठको जहाजबाट बनेका व्यापारिक डुंगाहरु चलाउने शिल्प र समुन्द्री अभियान सुरु गरे, धेरै टाढाको सम्पत्ति समेत घरमा फिर्ता ल्याए ।

स्टारहरुले भरिएको र ७० मिलियन डलर खर्च भएको यो फिल्म पोनियन सेल्भानको सिंहासन आरोहण भएपछि र उनका बुवा बिरामी भएपछि शाही कर्तव्यबाट हटेपछिको कथा फिल्मले पेश गर्छ ।

फिल्मको कथानुसार राज्य दरबारीया षड्यन्त्र र सम्भावित कूमा फसेको छ । दरबारभित्रकै केही सदस्यले सिंहासन हडप्ने षड्यन्त्र गर्छन् र शत्रु राजाहरुले हत्याको षड्यन्त्र गर्छन् ।

बलिउड स्टार ऐश्वर्या राय बच्चनले निर्वाह गरेको नन्दिनी चरित्र निकै शक्तिशाली लाग्छ । शक्तिशाली र रहस्यमयी चरित्रको रुपमा उनले अभिनय गरेकी छन् । उनको प्रतिद्वन्द्वी राजकुमारी कुन्दवई (मुख्य तमिल अभिनेत्री ट्रिशाले खेलेको) हो जसले षड्यन्त्रलाई हराउन, आफ्ना भाइहरूलाई जोगाउन र उनको सही दाजुभाइ सिंहासनमा उक्लिएको हेर्न चाहन्छिन् ।

पोन्नियिन सेल्भानको कथालाई लेखक र पत्रकार कल्की कृष्णमूर्तिले सन् १९५५ मा तमिल पत्रिका कल्कीमा क्रमबद्ध गरिएको थियो । लगभग २ हजार पृष्ठहरूमा फैलिएको विशाल ऐतिहासिक कथा धेरै संस्करणहरूमा प्रकाशित र अंग्रेजीमा अनुवाद गरिएको छ ।

उपन्यास र नाट्य उत्पादनहरूमा आधारित बच्चाहरूको लागि तयार पारिएका हाँस्य पुस्तकहरूले लोकप्रिय कल्पनामा महाकाव्यलाई जीवित राखेका छन् ।

पोन्नियन सेल्भानलाई निर्देशक मणिरत्नमले भारतको लोकप्रिय फिल्मको रुपमा व्याख्या गर्दै दर्शकको उत्कट चाहनालाई आफूले प्रस्तुत गर्न चाहेको बताए ।

क्रिटिक्सहरुले मणिरत्नमको पाँच भागको उपन्यासलाई दुई भागमा रुपान्तरण गरेकोमा उनको प्रशंसा गरेका छन् । दोस्रो भाग अर्कोे वर्ष रिलिज हुने तयारीमा छ । महामारीको बाबजुद निर्देशकले फिल्मको दुबै भागको छायांकन १५० दिनमा गर्न सफल भएका थिए ।

पोन्नियन सेल्भानले पहिलो सप्ताहन्त बक्सअफिसमा आक्रामक व्यापारको सुरुआत गरेको छ । दक्षिण भारतीय सहर चेन्नइका सिनेमा घरमा दर्शक मध्यरातको टिकट लिनका लागि पनि लाइनमा प्रतीक्षारत छन् । फिल्म रिलिजको खुशियालीमा हलबाहिर लोकबाजा बजाउँदै दर्शक उभिएको दृश्य तामिलनाडुभर देखिएको छ ।

उपन्यासमा उल्लेख गरिएअनुसार चोलहरुद्धारा शासित तामिलनाडुका पुराना राज्य र गाउँमा यात्रा गर्न प्रशंसकले समूह फैलाएर फिल्मको प्रवद्र्धन अभियान चलाइरहेका छन् ।

पहिलो भाग यस्तो कथामा आएर टुंगिएको छ जसलाई लिएर दर्शकहरु अर्को वर्ष दोस्रो भागको प्रतीक्षामा छन् । फिल्मले विश्व बक्सअफिसमा २०० करोडको आँकडा पार गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?