
काठमाडौं । पूर्वसांसद तथा नेकपा एमालेका नेता रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भएका उनले यसपटक पनि सोही क्षेत्रमा उम्मेदवारी दिने भएका हुन् ।
उम्मेदवारी दर्ता गर्न आयोग कार्यालयमा गएका उनले सत्ता गठबन्धनका नेताहरुसँग तस्वीर समेत खिचाएका छन् । अनलाइनखबरसँगको कुराकानीमा मानन्धरले आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए ।
टिकटका आकांक्षी मानन्धरलाई एमालेले यसपटक भने टिकट दिएको छैन । अहिले स्वतन्त्र उम्मेदवारी दिएर गठबन्धनलाई समर्थन गर्ने हो भन्ने प्रश्नमा उनले त्यसबारे पछि कुरा गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4