+
+

रुपन्देही–२ मा एमालेका विष्णु पौडेलले गराए उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १५:२२

२२ असोज,बुटवल । रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

बुटवल उपमहानगरपालिकाको नगर कार्यपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्तासहित पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलको उम्मेदवारी दर्ता गराउन एमाले कार्यकर्तासंगै राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयको नेतृत्वमा राप्रपा कार्यकर्ताहरु पनि पुगेका थिए ।

यो क्षेत्रमा एमालेबाट प्रदेशसभातर्फ भोजप्रसाद श्रेष्ठ र लीला गिरी उम्मेदवार छन् । पौडेलले ३ वटा चुनाव लगातार जित्दै आएको यो क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले टिकट पाएका छन् ।

रुपन्देही– २ मा बुटवल उपमहानगरपालिकाका १देखि १३, तिलोत्तमा नगरपालिकाका १देखि ६ र सैनामैना नगरपालिकाका १देखि ४ नम्बर वडा पर्छन् । यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?