
२३ असोज, गुल्मी । गुल्मी क्षेत्र नम्बर–२ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई टक्कर दिंदै नेपाली कांग्रेसका डा.दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेस गुल्मीको क्षेत्रीय सभापति समेत रहेका भुसाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य थिए । उनलाई नेपाली कांग्रेस क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि उम्मेदवारी सिफारिस गरेको थियो ।
तर सत्तारुढ गठबन्धनबीच भागबण्डा गर्दा गुल्मी २ नेकपा एकीकृत समाजवादीले पाएको थियो र यहाँबाट झाँक्रीले मनोनयन दर्ता गरेकी छिन् ।
क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट गोकर्णराज बिष्टले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभाका लागि क्षेत्र नम्बर–२ (क) डिल्लीराज भुसाल र प्रदेश सभा (ख) बाट दिनेश पन्थीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेश सभाका लागि क्षेत्र नम्बर–२ (क) बाट नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र प्रदेशसभा (ख) बाट बुद्धि जिसीले मनोनयन दर्ता गराएका हुन् ।
प्रतिक्रिया 4