+
+

देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरीमा आयोगले भोलिसम्ममा निर्णय गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १६:५१

२४ असोज, डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको हो ।

डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने उनको जन्म मिति ३१ जेठ २००२ लेखिएको छ ।

जन्ममिति फरक परेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा उनले देउवाको उम्मेदवारी खारेजीको माग गरेका छन् ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गरे । अनलाइनखबरसँग उनले भने, ‘उजुरी परेको छ । उजुरीमाथि आवश्यक कारबाही सुरु भइसकेको छ ।’

देउवा विरुद्ध परेको उजुरीमाथि भोलिसम्म निर्णय हुने उनले बताए । उनले भने, ‘उजुरीमाथि छानबिन गर्न भोलिसम्म समय छ । भोलिसम्म हामी निर्णय गर्छौ ।’

उम्मेदवार विरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?